Indrenionline.com

कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा

इटहरी । मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा पुगेका छन्। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको हो।

बेलबारीका इन्सपेक्टर खगेन्द्र धमलाका अनुसार ‘म्याकुरीसहित दुई जनालाई बेलबारीका एक युवालाई कुटपिट गरेको पाएपछि पक्राउ गरिएको हो । सो कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ।