घोराही, साउन ९ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले समाजसेवी, कला प्रेमी बलीभद्र रानालाई संरक्षकमा चयन गरेको छ । दोहोरी गित प्रतिष्ठानलाई विगत लामो समयदेखि सघाउदै आईरहनु भएका रानालाई सल्लाकारमा चयन गरीएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान दाङका नव निर्वाचित अध्यक्ष प्रेम शर्माले बताउनु भयो ।
प्रतिष्ठानले विभिन्न गरीव, उत्पीडीत, पिडितहरुका लागि सांगितिक कार्यक्रम राखेर आर्थिक सकलनमा सहयोग गर्नुका साथै यस क्षेत्रमा आउन चाहने नयाँ कलाकारहरुलाई प्रोत्साहन गर्नुका साथै राष्ट्रिय स्तरमा बिभिन्न सांस्कृतिक कार्यक्रम गरी दाङसहीत राप्तीको कला,साहित्य,संगीत र संस्कृतीलाई जगेर्ना गर्दै स्रष्टा सम्मान पनि गर्दै आईरहेको छ
ऋजबत ऋयलखभचकबतष्यल भ्लम