काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको घरमा ग्यास सिलिण्डर विस्फोट भएको छ ।गएराति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका छन् ।
बुद्ध नगरमा रहेको घरमा भएको दुर्घटनामा परी घाइते भएका भण्डारी र उनकी आमाको उपचार कीर्तिपुर अस्पतालमा भइरहेको छ ।घटनापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरू कीर्तिपुर अस्पताल पुगेका छन्।
शर्माले सामाजिक सञ्जालमार्फत गएराति घटना भएको र अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।अस्पतालका डाक्टरहरूका अनुसार भण्डारीको शरीर करिब २५ प्रतिशत र आमाको शरीर करिब ७० भाग जलेको छ
