Indrenionline.com

संसद्‍ भवन अगाडि प्रदर्शनमा उत्रिएका महिला पक्राउ

काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै संसद्‍ भवन अगाडि भएको प्रदर्शनमा सहभागीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बुधबारको प्रदर्शनमा सहभागी गिरीकी श्रीमतीसहित चार जना महिलालाई प्रहरीले पक्राउ गरेको हो । संसद्‍ बैठक चलिरहँदा यौन हिंसाको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै संसद्‍ भवन बाहिर सडकमा केही महिलाहरूले विरोध प्रदर्शन गरेका थिए ।

जिल्ला अदालतका न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन्।