तुलसीपुर ९ साउन । स्थानिय आमा समुहको अगुवाईमा तुलसीपुर १९ हस्नापुरका महिलाहरु गाउमा हुने अपराधिक क्रियाकलाप न्युनिकरण गर्न रात्रिकालिन गस्ति गर्दै आएका छन् । स्थानिय आमा समहुका अध्यक्ष भुमा कार्कीको नेतृत्वमा हस्नापुरका तीन दर्जन महिलाहरु मदिरा सेवन गरि ज्याजतीगर्ने पुरुषहरुलाई कारवाही गर्ने बिशेष उदेश्यका साथ रात्रि गस्तिमा लागेका हुन् ।
उनीहरुले बैशाख १२ गते देखी उक्त अभियानमा लागेका हुन् । अहिले सम्म उनीहरुले सोही गाउका शिक्षक तथा प्रतिष्ठित गरी ४ जनालाई कारबाही गरिसकेको जनाएका छन् । उनीहरुको कारबाहीबाट दुई हजार जरिवाना रकम संकलन भएको छ । उनीहरुले एउटा ब्यक्तिबाट कारबाही स्वरुप ५ सय रुपैया उठाउदै आएका छन् ।
यसले गर्दामा हुने हरेक अपराधिक क्रियाकलाप पनि न्युनिकरण हुदै आएको त्यहाँका स्थानियले बताएका छन् । त्यहाँ हुने जुवा तास , गुण्डा गर्दी पनि न्युनिकरण भएको छ ।।