Indrenionline.com

व्यवस्था परिवर्तनमा जनयुद्धको ठूलो भूमिका छ : सञ्चार मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनयुद्धले व्यवस्था परिवर्तनमा ठूलोे भूमिका खेलेको बताएकी छन् ।

जनयुद्ध दिवसको अवसमा नेकपा माओवादी केन्द्र दाङ जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले जनयुद्ध सामान्य र पार्टी विशेषको मात्र नभएर राष्ट्रिय विषय भएको भन्दै सरकारले अपनत्व लिएको बताएकी हुन् । ‘जनयुद्धकै बलमा सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक परिवर्तन सम्भव भएको हो, जनयुद्धको बलमा स्थापित अधिकार र उपलव्धि राष्ट्रिय सम्पति हुन्, जनयुद्ध पनि साझा हो’, शर्माले भनिन् ।

जनयुद्धकै कारण गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता सम्भव रहेको भन्दै चेतना विस्तार अधिकारको सवालमा पनि ठूलो भूमिका खेलेको उनको भनाइ थियो । नेपाल सरकारका प्रवक्ता रहनुभएका शर्माले सरकार जनयुद्ध, जनआन्दोल, विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलव्धी संस्थागत गर्दै जनमुखी काम गर्ने मार्गमा अघि बढेको बताइन् । गोरखापत्र अनलाइनबाट