तुलसीपुर ९ असार । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तुलसीपुरका १ सय ५० नयाँ धारा जडानका लागि आबेदन लिएको छ । आज बिहान १ सय ५० नयाँ धारा जडानका लागि आबेदन फारम बितरण गरेको संस्थाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।
खानेपानीको फारम बिहान ७ बजे मात्रै बितरण गरिएको थियो । संस्थाका अध्यक्ष ओलीका अनुसार अब फेरी तिन महिना पछि खाने पानी धाराको आबेदन खुल्ला गरिने छ ।