Indrenionline.com

सुर्खेत बसपार्कमा बसको ठक्करबाट एक महिलाको मृत्यु

सुर्खेत । सुर्खेतको बसपार्कमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते भएकी महिलाको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आइतबार दिउँसो करिब साढे २ बजेतिर बा ४ ख ८०६१ नम्बरको बसले ती महिलालाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मृत्यु हुने महिला अन्दाजी ६६ वर्षीय रहेको र नाम थर र ठेगाना नखुलेको बताइएको छ । चालक फरार रहेको र बस प्रहरी नियन्त्रणमा छ ।