काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरू पूर्णरुपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताएकी छिन्।
शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरिन्।
राष्ट्रपति भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउदै अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुका साथै संविधानले मार्गदर्शन गरे अनुसार स्वतन्त्र ढंगले राज्यका अगंहरुले आफूलाई परिचालित हुनुपर्ने बताइन् ।
देशको अर्थतन्त्रको विषयमा धारणा राख्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रमा देखिएका समस्याको अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्ने अवस्थाता औल्याइन् ।
