Indrenionline.com

राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौदी विजयी

दाङ । राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसौदी विजयी भएका छन् । आज घोराहीमा सम्पन्न उपनिर्वाचनबाट उनी विजयी भएका हुन् ।

सत्ता साझेदार दलको तर्फबाट साझा उम्मेदवार दसौदी ४ हजार २६ मत प्राप्त गरेर विजयी भएका हुन् ।
नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरेका थिए भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका थिए ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपचुनाव भएको हो । चुनावमा ३ सय ५ जना मतदाता रहेकामा ३ सय ४ मत खसेको थियो । मतदान घोराहीको मिलनकेन्द्र परिषरमा भएको थियो ।