Indrenionline.com

नेविसंघका दुई समूहबीच ढुंगा हानाहान

काठमाडौं : काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच ढुंगा हानाहान भएको छ ।

संस्थापन र इतर पक्षका दुई समूहबीच ढुंगा हानाहान भएको हो ।

शेखर-गगन समूहका विद्यार्थीले गरेको कार्यक्रममा संस्थापन पक्षका विद्यार्थी आएर अवरोध गरेपछि झडप भएको बताइएको छ ।