Indrenionline.com

ज्यान मुद्दाका प्रतिवादी पक्राउ

इन्द्रेणी संवाददाता
तुलसीपुर, ९ साउन
दाङको तुलसीपुरवाट प्रहरीले ३ वर्षपछि एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । तुलसीपुर नगरपालिका वडा नं २ रक्षाचौरबाट सवारी ज्यान मुद्दाका प्रतिवादी ममबहादुर वलीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 2-2

उनी विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले २०७० साल पुस २५ गते गरेको फैसलाले दुई महिना कैद र एक हजार जरिमाना तोकेको थियो ।

फैसला लगतै फरार प्रतिवादी वली फरार रहेकोमा प्रहरीको विशेष अभियानमा खटिएको प्रहरी टोलिले रक्षाचौरवाट पक्राउ गरेको ईप्रका तुलसीपुरका डिएसपी कृष्ण प्रसाँईले जानकारी दिनुभयो ।।