तुलसीपुर ९ साउन । प्रहरीले लमहीबाट छ जना जुवाडेलाई पक्राउ गरेको छ । लमहीमा जुवाको खालमा छापा हानेर प्रहरीले ६ जना जुवाडेसहित १७ हजार रुपैया“ बरामद गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेमा लमही ११ का ३७ बर्षीय शुन्दरप्रसाद चौधरी, सोही ठाउ“मा ३४ बर्षीय ओमनारायण पौडेल, ३५ बर्षीय कुन्नु गुप्ता, ६१ बर्षीय धुपनारायण चौधरी र ५० बर्षीय बामदेव रिजाल रहेको प्रहरीले जनाएको छ । भुसालले नियमित जुवा खेलाउने गरेको भन्ने जनगुनासोका आधारमा छापा हान्दा उनीहरु जुवा खेलिरहेको अवस्थामा फेला परेको एसपी सिंहले बताए ।