Indrenionline.com

माओवादी पदाधिकारी बैठक सुरु

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।

निवर्तमान गृहमन्त्री रावि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेपछि हाल गृहमन्त्रालय खालि छ ।

बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताका अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि अन्य पार्टीलाई दिने भन्ने बारेमा हाल मतभेद छ । यस्तै नेकपा एमालेले रविलाई पुन गृहमन्त्रीमा फकाउनुपर्ने दबाब दिएको छ । यो विषयमा पनि छलफल हुने स्रोतको भनाई छ ।