काठमडौ ९ साउन । सरकार र डाक्टर गोविन्द केसीका प्रतितिनिधिहरूबीचको वार्ता आज पनि हुँदैछ । दुई दिनको वार्ताले निस्कर्ष निकाल्न नसकेपछि आज फेरि वार्ता हुन लागेको हो । वार्ताको समय भने यकिन भइसकेको छैन ।
सरकारी टोलीले वार्तामा राजनीतिक समिति वनाएर समस्या समाधान गर्ने प्रस्ताव गरेको छ । डाक्टर केसीको स्वास्थ्य अवस्था भने झन जटिल बनि रहेको छ । उहाँको उपचारमा संलग्न चिकित्सक टोलीले केसीको अवस्थामा कमजोर हुँदै गएकाले छिटो समस्या समाधान गर्न माग गरेको छ । हिजो नागरिकले पनि दवाव दिन काठमाण्डुमा प्रदर्शन गरेका छन् ।