Indrenionline.com

कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठित गर्न जरुरी : मोहन बैद्य

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्यले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठित गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा इन्द्रमोहन सिग्देलद्वारा लखित विचारधारात्मक संघर्ष पुस्तकको परिचर्चा कार्यक्रममा महासचिव बैद्यले कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएकाले नयाँ ढगले संगठित गर्न जरुरी रहेको बताएका हुन् ।

उनले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन विभिन्न शक्तिसँग एकताको कुरा भएपनि चन्द नेकपा भने पछि हटेको बताए ।

नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका सिग्देलद्वारा लिखित पुस्तकमा पछिल्लो अवधिमा लेखिएका तीन दर्जन जति आलेखहरुलाई विचार, राजनीति, अर्थराजनीति, सङ्गठन, राष्ट्रिय स्वाधीनता, अन्तर्राष्ट्रिय तथा विविध जस्ता भागहरुमा वर्गीकरण गरि समावेश गरिएको छ ।