काठमाडौँ, ९ साउन । आठ बर्ष देखी केन्द्रीय अधिबेशन हुने नसकेको नेपाली काँग्रेसका भ्रातृ सङ्गठनमा अहिले केन्द्रीय अधिवेशन गर्ने दौडधुप देखिएको छ । छ वटा भ्रातृ सङ्गठनको अधिवेशन साउन, भदौ र असोजमा हुने तय गरिएको छ ।
अब कुनै पनि कारण र बाहानाले भातृ संगठनहरुको अधिबेशन नरोकिने काग्रेस सभापति शेरबहादुर देउवाले बताउनुभएको छ । उहाँका अनुसार भातृ संगठनको अधिबेशन तोकिएकै समयमा हुने छ । उहाँले भ्रातृ सङ्गठन हेर्ने गरी पार्टीले बनाउन लागेको पाँच सदस्यीय निर्देशक समिति पनि छिट्टै बन्ने जानकारी दिनुभयो । सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग दुई सदस्यको नाम माग गर्नुभएको छ । नाम आएपछि निर्देशक समिति बन्ने र अधिवेशन पनि तोकिएकै समयमा हुने दाबी गरिएको छ ।।