नेपाल चलचित्र पत्रकार संघ दाङ शाखाको तेस्रो अधिवेशन आगामि भाद्र ४ गते हुने भएको छ । संघका तर्दथ समितिका संयोजक ध्रुवराज न्यौपानेको अध्यक्षतामा आज वसेको वैठकले ४ गते तुलसीपुरमा चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष शान्ति प्रियको प्रमुख आतित्थ्यतामा अधिवेशन गर्ने निर्णय गरेको हो ।
साथै वैठकले अमेरिकामा रहेर चलचित्र पत्रकार संघ दाङ लाई सहयोग पु¥याएको हुदाँ संघका संस्थापक अध्यक्ष किशन रेग्मीलाई सम्मान गर्ने निर्णय पनी गरेको छ । पुरस्कारका लागी प्रत्येक वर्ष रु ११ हजार १ सय ११ रुपैया दिने घोषणा गर्नु भएको छ ।।