Indrenionline.com

रास्वपाले उपसभामुखमा इन्दिरा रानालाई उठाउने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको थियो । यसअघि उपसभामुखको उम्मेदवार काठमाडौँ क्षेत्र नम्बर २ बाट निर्वाचित सोबिता गौतमलाई बनाउने चर्चा थियो ।

बिहीबार सभामुखका नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । कांग्रेसकी ईश्वरी न्यौपानेले उनीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।