सोलुखुम्बु, ५ माघ । धौलागिरी हिमालमा वेपत्ता सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल बोगलका २७ वर्षीय बालकुमार कार्कीको शव तीन महिनापछि भेटिएको छ ।
धौलागिरी हिमाल क्षेत्रमा लडेर गएको असोज २१ गते हराएका कार्कीको शव अहिले मात्रै फेला परेको हो । हिमपात भएको बेला बेपत्ता कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्तले बताएका छन् ।
कार्कीको शव हेलिकप्टरमार्फत् पोखरा ल्याएर काठमाण्डौ लगिएको छ । कार्की पर्यटक गाईडर हुन् । कार्की बेसक्याम्पको खरपासमा खसेर बेपत्ता भएका थिए ।
