सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाउनुभएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ता तोकेको हो ।
सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन अनुसार मन्त्री शर्मालाई प्रवक्ता तोकिएको हो । दांग क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मा हिजो मंगलवार मन्त्री नियुक्त हुनुभएको थियो ।
