Indrenionline.com

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न अर्थमन्त्री पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार बिहान सुमेरु अस्पताल पुगेका छन् ।

अघिल्लो बुधबार रोल्पा गएका पुनलाई शनिबार एक्कासी स्वास्थ्यमा समस्या आएपछि तत्काल हेलिकप्टरबाट काठमाडौं ल्याएर सुमेरु अस्पतालमा भर्ना गरिएको हो ।

एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले सुमेरु पुगेर पूर्वमन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । यसअघि मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनलाई भेटेका थिए ।