Indrenionline.com

रोजेको मन्त्रालय नपाएपछि पदभार सम्हाल्न गएनन् खानेपानी मन्त्री

काठमाडौं । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै कार्यभाल सम्हालेका छैनन् ।
आफूहरुले रोजेको मन्त्रालय नपाएको भन्दै उनी मन्त्रालय पुगेका छैनन् । पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेकोमा खानेपानी मन्त्रालय तोकिएपछि खानले मन्त्रालयप्रति असन्तुष्टि जनाएका हुन् । त्यसमा असन्तुष्टि जनाउँदै उनी मन्त्रालयमा समेत गएका छैनन् । ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएकै दिनमा खानले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।