काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।
बालिकालाई बलात्कार गरेको आरोपमा शाहमाथि तनहुँ र नवलपरासी पूर्वमा मुद्दा दायर भएको थियो । जिल्ला अदालत नवलपरासी पूर्वले यसअघि शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।उनी हाल तनहुँ कारागारमा छन् ।
