Indrenionline.com

उपचाररत नेता वर्षमान पुनलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न पुगेका छन्।

ललितपुरको सुमेरू अस्पतालमा उपचार गराइरहेको पुनको स्वास्थ्य अवस्था बुझ्दै प्रधानमन्त्री पुगेका हुन्।

रोल्पा पुगेका पुनलाई शनिबार स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर अस्पतालमा भर्ना गरिएको थियो।

उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।