Indrenionline.com

दुर्घटनाबारे बुझ्न त्रिभुवन विमानस्थल पुगे प्रधानमन्त्री प्रचण्ड

इन्द्रेणी संवाददाता

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटिआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएका छन् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका छन् । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्धारमा लाग्न निर्देशन दिनुका साथै आज १ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सरकारी अधिकारीहरू छन् ।