Indrenionline.com

कमल थापाको प्रस्ताव- नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्वीर राखौं

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहकाे तस्विर अंकित गर्न प्रस्ताव गरेका छन्।

राप्रपा नेपालद्वारा ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसकाे अवसरमा आयाेजना गरेकाे चियापान समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष थापाले यस्तो प्रस्ताव गरेका हुन् ।उनले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचार भन्दा माथि रहेकाे भन्दै नेपाल एकिकरणकाे अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएकोले सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने बताए ।

७४ साल देखि निरन्तर राष्ट्र निर्माताप्रति श्रद्धा अर्पण गर्ने गरेकाेमा राष्ट्रपतिप्रति उनले धन्यवाद अर्पण गरे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा. रमेश ढुंगेल र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहकाे याेगदान र व्यक्तित्वमाथि प्रकाश पारेका थिए।