Indrenionline.com

कर्णालीकाे नेतृत्व आलोपालो गर्ने एमाले र माओवादीबीच सहमती

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कर्णाली प्रदेश सरकारको नेतृत्वमा आलोपालो गर्न सहमति भएको छ ।बुधबार दुई दलबीच आलोपालोको सहमति भएको हो । यसअघि दुई दलबीच सहमति जुट्न नसक्दा मुख्यमन्त्रीमा दाबी पेश गर्न अन्योल भएको थियो ।

सहमतिअनुसार पहिलो साढे दुई वर्ष माओवादी र अर्को साढे दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने भएको हो । माओवादीबाट राजकुमार शर्मा मुख्यमन्त्री बन्दैछन् भने अर्को साढे दुई वर्षपछि एमालेबाट यमलाल कँडेल मुख्यमन्त्री बन्नेछन् ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् । सहमतिसँगै माओवादीबाट मुख्यमन्त्रीका लागि शर्माले दाबी पेश गर्दैछन् ।