Indrenionline.com

गृहको निर्देशनमा १५ अवैध क्रसर उद्योग बन्द

बुटवल, २७ पुस । जिल्लमा अवैधरूपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।

जिल्लामा रहेका ३३ मध्ये १५ ओटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ ओटा पहिलेदेखि नै बन्द अवस्थमा थिए । मन्त्रालयले परिपत्र गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् ।

यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कतिपय उद्योग पनि सञ्चालनमा छन् । त्यस्ता उद्योगलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षणपछि बन्द गराएको उनले जानकारी दिए । शिवराज नगरपालिकामा रहेको ११ ओटा, विजयनगर गाउँपालिकामा रहेको २ ओटा र बुद्धभूमि नगरपालिका तथा कृष्णनगर नगरपालिकामा रहेको १–१ ओटा क्रसर उद्योग बन्द गराइएका हुन् । रासस