इन्द्रेणी संवाददाता
रोटरी क्लब अफ दाङले माघ १ गते दाङको घोराही स्थित बार्हकुने दहमा बृहत स्वास्थ्य शिविर गर्ने भएको छ ।
यहि पुस २२ गते बसेको रोटरी क्लब अफ दाङको बैठकले बार्हकुने दहमा नि:शुल्क बृहत स्वास्थ्य शिविर राख्ने निर्णय गरेको अध्यक्ष ओबिन्द्र बहादुर महराले जानकारी दिए ।
अध्यक्ष महराका अनुसार उक्त दिन नियमित आपतकालीन अवस्थाका बिरामी तथा साधारण बिरामीहरुको स्वास्थ्य परिक्षण हुनुका साथै आपतकालीन नि:शुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध हुनेछ ।
थारु तथा मगर जातिहरुको महान पर्वको अवसरमा माघिको कुम्भ मेला लाग्ने उक्त स्थानमा आपतकालीन रुपमा आईपर्ने स्वास्थ्य समस्या र केहि सामान्य स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै क्लबले स्वास्थ्य शिविर राख्ने आयोजक संस्थाले बताएको छ ।
स्वास्थ्य शिविरमा त्रिभुवननगर जेसिज, दाङ महिला जेसिज र लायन्स क्लब अफ घोराही सिटीको सहकार्यमा सहकार्यमा आयोजना गरिएको रोटरी क्लव अफ दाङका सदस्य कमल रेग्मीले बताए ।
