काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफुले देश र जनतासामू गरेको प्रतिवद्धताहरु पुरा गर्नका लागि विश्वासको मतले थप जिम्मेवारी र चूनौति थपेको बताउनुभएको हो ।
यसअघि आफुले अनुमानका आधारमा सिंगो संसदको मत पाउने भनेपछि अहिले यथार्थमा परिणत भएको भन्दै प्रचण्डले निकै हर्ष र गौरवको अनुभूति भएको बताउनुभयो । उहाले कांग्रेससंग कुनै पनि सर्तमा सहमति नभएको र केपी ओली र आफुबीच पनि कुनै मतभेद र समस्या नभएको स्पष्ट पार्नुभयो ।
