काठमाडौं : नेकपा माओवादीकी सांसद रेखा शर्माले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गरेको बताएकी छिन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शर्माले प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री देउवाले निषेधको राजनीति अन्त्य गरेको दाबी गरेकी हुन्।
उनले राजनीतिक दलहरूबीच फेरि पनि सहकार्यको आवश्यकता रहेको बताइन्। उनले देशलाई अफ्ठ्यारो परेको वेलामा सबै एकजुट हुने राष्ट्रिय सहमतिको शुरुवात हुन लागेको भन्दै खुशी व्यक्त गरिन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने विश्वास व्यक्त गरिन्। शर्माले देश र राष्ट्रलाई कसरी अगाडि लैजाने भन्ने विषयमा बुँदागत रुपमा राखेकाले सबैसँग समर्थन गर्न आग्रह गरिन्।
उनले कुनै पार्टी बहुमत प्राप्त गर्न नसकेका भन्दै अहिलेको जनादेशअनुसार सरकार बनेको बताइन्।
