Indrenionline.com

नेपाल मजदुर किसान पार्टीले दिएन विश्वासको मत

नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने जनाएको छ ।

प्रतिनिधिसभामा विश्वासको मतमाथि भइरहेको छलफलमा भाग लिँदै नेमकिपाका सांसद प्रेम सुवालले वर्तमान सरकारलाई विश्वासको मत दिन नसकिने बताए ।

सत्तागठबन्धनका घोषणापत्रमा समाजवाद उल्लेख लेखिए पनि र अधिकांश दलका नाममा कम्युनिस्ट भए पनि नामअनुसारको काम नभएको उनले बताए ।

एमसिसी र एसपिपी सम्झौता खारेज गर्ने कि नगर्ने भन्ने विषय प्रधानमन्त्रीको मन्तव्यमा स्पष्ट नआएकाले समर्थन गर्न नसकिने उनले बताए ।