Indrenionline.com

सहकार्य, सहमति र सुशासनका लागि प्रचण्डलाई विश्वासको मत दिऔँ : सांसद रेखा शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सहकार्य,सहमति र सुशासनका लागि प्रचण्ड प्रधानमन्त्री बनेको बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले प्रचण्डलाई विश्वासको मत दिन सबै दललाई आग्रह गरिन् ।

उनले भनिन, ‘सहकार्य,सहमति र सुशासनका लागि प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो । विगतका सबै सकारात्मक नकारात्मक सम्पूर्ण कामको समीक्षासहित विश्वासको मत उहाँलाई दिऔँ ।’