Indrenionline.com

‘जय हो’मा अभिनेता अर्पण थापा अनुबन्ध

शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’ मा अभिनेता अर्पण थापा अनुबन्ध भएका छन्। सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्मस् र कलाकार थापाबीच लिखित सम्झौता भएको हो। फिल्ममा थापाको मुख्य भूमिका हुनेछ।टेक पोरखी राईले निर्देशन गर्ने फिल्म माघको अन्तिम सातादेखि छायांकनमा जाँदै छ।

फिल्म काठमाडौँ, पोखरा र मुस्ताङमा छायांकन हुने निर्माण टिमले जनाएको छ। सुरेश न्यौपानेको कथा रहेको फिल्म एक्सन तथा लभस्टोरी जनरामा बन्नेछ। फिल्ममा संगीतकार शम्भुजित बाँस्कोटा र सागर आले मगर छन्।