Indrenionline.com

सन्दीप प्रकरण : किशोरी नाबालिग नभएको प्रमाण

sandip

काठमाडौँ । सन्दीप लामिछाने प्रकरण पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण भेटिएको छ । सन्दीप लामिछानेबाट जबरजस्तीकरणीमा परेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले दिएको हो ।

वीरगन्जस्थित नारायाणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण दिएको छ । सो प्रमाण जिल्ला अदालत काठमाडौँमा पठाएको छ ।

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१ जेठ १८ कि २०६२ जेठ १८ भन्ने विवाद अदालतसम्म पुगेको छ।

यसअघि अदालतमा सन्दीपकै वकिलले किशोरी नाबालिग नभएको दाबी गर्दै उनी उनी जन्मिएको अस्पतालबाट प्रमाण झिकाउन माग गरेका थिए।