Indrenionline.com

रविको प्रतिबद्धता– काम गर्दा गल्ती भए राजीनामा दिन्छौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना दलका कुनै पनि सांसद अनियमिततामा संलग्न नहुने प्रतिबद्धता गरेका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उनले आफूहरू जनतासँगका वाचा पूरा गर्न तयार भएर आएको बताए।

गृहमन्त्री लामिछानेले काम गर्ने क्रममा आफूहरूबाट कुनै कमी–कमजोरी भए राजीनामा दिनेसमेत बताए। ‘हामी आफ्नो कर्तव्य पूरा गर्ने सिलसिलामा कहीँ–कतै चुक्यौँ भने पद र कुर्सीको लोभमा झुन्डिनेछैनौँ,’ उनले भने।