खोटाङ, ३० चैत्र
खोटाङमा आज विहान भएको वस दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस महादेवस्थान–४ को बर्खेटारमा दुर्घटनाग्रस्त भएको हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सरोज राई लगायतको टोली प्रस्थान गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।।