Indrenionline.com

देलान त नेपाल र यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

काठमाडौँ, २४ पुस। नेकपा एमालेससहितको दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वासको मत लिन दुई दिन मात्रै बाँकी रहदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दाहासँग भेट गरेका छन् ।

आइतबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग नेपाल र यादवले भेट गरेका हुन् । भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भेटमा दुई राजनीतिक दलहरू सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफलबाट निष्कर्षमा पुग्ने बताएका छन् । प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदै्रेुछन् । नेपाली काग्रेसले राप्रपाका नेता राजेन्द्र लिङ्देललाई प्रधानमन्त्रीको प्रस्ताव राख्दै दाहाललाई समर्थन गरेका केही दललाई छुट्याउन खोजेपछि दाहाललाई विश्वासको मत लिन सहज नभएको विश्लेषण भइरहेको छ ।