पाल्पा, २२ पुस । पाल्पाको रैनादेवि छहरा ८ खुसार्नेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट खुसार्नेका लागि छुटेको ग १ ख ४९७७ नम्बरको यात्रुवाहक बस राधादी गैरामा दुर्घटना भएको हो ।
खुसार्ने पुग्नै लाग्दा राति १० बजेतिर बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको हो ।
मृतक एक जनाको भने परिचय खुल्न सकेको छैन । तीन जनाको शव दुर्घटनास्थलबाट बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा रहेका प्रहरीले जनाएको छ । घटनामा १८ जना घाइते भएको बताइएको छ ।
