Indrenionline.com

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे नेकपा एसमा दुई धार, २६ पुससम्म निर्णय हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे आजको बैठकले पनि कुनै निर्णय गर्ने सकेन् ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा नेताहरु सरकारमा जाने या नजानेबारेमा दुई धार देखिएको छ । बैठकका उपस्थित एक नेताका अनुसार पार्टीमा वाम एकताको पक्ष जसपासँगको एकता र प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेबारे नेताहरुमा मत बझिएको छ । ती नेताले मकालुखबरसँग भने ‘दुई शीर्ष नेताहरु दुई धारमा देखिनु भयो ।’

यस्तै, बैठक पछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले औपचारिक रुपमा अझै समर्थन नमागेको बताए । उनले भने, ‘दुई अध्यक्षहरुको भेट नीजि हो। त्यसमा औपचारिक रुपमा जानकारी छैन। विश्वासको मतबारे २६ पुससम्म निर्णय गछौँ ।’