Indrenionline.com

नयाँ कलाकारको साथमा ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करण, करिश्मा आउट

काठमाडौं। जितु नेपालको हास्यव्यंग्य टक शो ‘मुन्द्रेको कमेडी क्लब’ को नयाँ संस्करण फेरि आउने भएको छ। यसपटक अध्यक्षसहितका नयाँ कलाकार हेरफेर गर्दै ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करण आउने भएको हो ।

दमन रुपाखेतीसहितका कलाकारले यो संस्करणमा प्रवेश गर्दैछन् भने अध्यक्षको रूपमा पनि नयाँ अनुहारलाई देखिने भएको छ ।यसपटक करिश्मा मानन्धर र दीपाश्री निरौला अध्यक्षमा दोहोरिनेछैनन् । निकट स्रोतका अनुसार दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् ।

अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ जसलाई श्याम रानाले निर्वाह गर्नेछन् ।

यसैगरी, मुन्द्रेको कमेडी क्लबको निर्देशन दिनेश डीसीले गर्ने भएका छन्।