दिपक घिमिरे
पछिल्लो समय नेपाली सांगितिक क्षेत्र र यसैमा आधारित अभिनय क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल एक युबाको नाम हो सन्दिप न्यौपाने ।
दाङको लमहिका स्थायी बासिन्दा सन्दिप मोफसलमा बसेर पनि केन्द्रमा पकड जमाउन सफल कलाकारको रुपमा चर्चित हुँदै आएका छन । लोक दोहरीको क्षेत्रमा अग्रस्थानमा पर्दै आएका सन्दिप यो बर्षको तिजमा आफुलाई अग्रस्थानमा कायमै राख्ने आशा बताउछन ।
पुलिस वाला र फेसबुक खोले मैले जस्ता दर्जनौ लोकदोहरी गित बाट देश(बिदेशमा आफुलाई चिनाउन सफल गायक तथा मोडल सन्दिप यो बर्ष धेरै तिज गितमा स्वर तथा करिब करिब आधा दर्जन गितमा अभिनय मार्फत सांगितिक दुनियामा देखा पर्दैछन ।
उसो त तिज गितमा चर्चा बटुल्ने आशा यो बर्ष मात्र होईन । अघिल्लो बर्ष चर्चित गायिका साहिमा श्रेष्ठ सङ्ग गायको पाउजुको छमछम भन्ने गितले उनलाई सांगितिक क्षेत्रमा निक्कै माथी उठाएको थियो । तिज गितहरुको स्थानमा बेग्लै पहिचान बनायको त्यस गितको भिडियोको पनि व्यापक चर्चा भएको थियो त्यस समय । त्यसै गितले गर्दा सन्दिप लगायतको टिम बिदेशमा सांगितिक प्रस्तुती दिन महिनौ बसेको पनि थियो ।
स्वरमा मात्र होइन , अभिनयमा पनि यो बर्षको तिज भ्याई नभ्याई छ उनलाई । आफ्नै गितमा समय दिन नसकिरहेको बेला चारै तिर बाट अभिनयको लागि अफर आउदा कति लाई नचाहेर पनि नाई भन्नू परेको पीडा सुनाउछन सन्दिप । “ आफ्नै कार्यब्यस्तताले समय दिन पाउदैन तर अभिनयका लागि अफर आउँछ ।मन हुन्छ तर नाई भन्नू पर्छ । “ सन्दिपले बताए ।
गत बर्षको चर्चित गित हङ्गकङ्गको सारी ले भाका का गायक तिलक वलि र सरिता रावतको यो बर्षको तिज गित चिलचिले पसिना मा अभिनय गरेका सन्दिप यो गित बाट अभिनयको क्षेत्रम पनि पकड बनाईरहन सक्ने आशा रहेको बताउछन । यो बर्षको तिज गितमा मात्र पनि करिब आधा दर्जन भन्दा बढीमा अभिनय गरेका सन्दिप यो गित बाट आफू धेरै आशाबादी रहेको बताय । “ अभिनयमा रुचि भयपनी कार्यब्यस्तताले समय दिन सक्दिन तर तिलक भाईको कुरा नाई भन्न सकिन , आफ्नो काम लाई थाती राखेर भएपनी तिलक भाईको गितमा अभिनय गरेको छु । आशा छ पक्कै पनि यो गितले मेरो अभिनयको यात्रालाई थप उचाईमा पुर्याउने छ । “ सन्दिपले बताए ।