Indrenionline.com

सडकमै अव्यवस्थित पार्किङ हुन्छन सवारी साधन, न ट्राफिक प्रहरीको अनुगमन छ न नगर प्रहरीको नियमन

इन्द्रेणी संवाददाता

घोराहीका अधिकांश सडकहरुमा अव्यवस्थित सवारी पार्किङ गर्ने क्रम बढेको छ । बजार क्षेत्रका अधिकांश सडक छेउमा मानिसहरुले आफ्ना सवारी साधनहरु पार्किङ गरेर राख्दा पैदल यात्रीलाई सास्ती भएको बताउछन घोराही १५ का आकाश बुढा । सहर क्षेत्रमा व्यवस्थित रुपमा सवारी पार्किङ गर्ने निस्चित स्थान बनाउनुपर्ने उनको भनाई रहेको छ  ।

त्यस्तै बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै सहर क्षेत्रका सडकहरुमा नो पार्किङ यरिया तोकिनुपर्ने घोराही १४ की यमुना थापाको भनाई रहेको छ ।

सडकमा अव्यवस्थित पार्किङ गर्दा दुर्घटना बढेको स्थानियहरुको भनाई रहेको छ । पार्किङ रोक्नका लागि ट्राफिक प्रहरी वा नगर प्रहरीले सकृयता देखाउनुपर्नेमा त्यसो हुन नसकेको स्थानिय बताउछन ।

बर्तमान अवस्थामा नै ट्राफिक जाम हुने अवस्था आएकाले यसरी अव्यवस्थित पार्किङ गर्दा अबका केहि बर्षमा दाङका मुख्य सडकमा मानिसहरु आवतजावत गर्नै नसक्ने उनिहरुको भनाई रहेको छ ।