Indrenionline.com

अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा विश्वास छैन : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोडतर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको थापाको टिप्पणी छ।‘अहिले मुलुकको विद्यमान संरचनागत त्रुटिका कारण संसद्को आयु पनि पूर्णकालीन नहुनेतर्फ आशङ्का छ,’ थापाले भने।

मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा विदेशी प्रभाव र हस्तक्षेप बढ्न सक्नेतर्फ राष्ट्रवादी शक्तिहरू चनाखो हुनुपर्नेमा उनको जोड थियो।पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल आगामी दिनमा नयाँ शिराबाट नयाँ ऊर्जाका साथ अघि बढ्ने समेत बताए।

राप्रपा नेपालले अङ्गीकार गरेको मार्गचित्र मुलुकको लागि अहिले झन् आवश्यक रहेको थापाको जिकिर छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चियापानसहित प्रवचन गोष्ठी आयोजना गरेर भव्यतापूर्वक मनाउने निर्णय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।