रेखा मगर
दाङ, ३० चैत्र
नेपाल मगर संघ दाङले घोराहीस्थित संघको परिसरमा भुमी थान निर्माण गर्ने भएको छ । मगर जातिको महान चाड भुमे पर्वलाइ मध्यनजर गर्दै भुमेथान निर्माण गर्न लागिएको र त्यसका लागी तयारी अघि वढाइएको संघका अध्यक्ष सितलाल पुन मगरले जानकारी दिनुभयो ।

यसैगरी दयासिज रोका मगरको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिमा केश वहादुर घर्ति मगर, लक्ष्मण वुढा, केशव गिरी र बलविर राना मगर रहनुभएको छ । घोराहीमा सम्पन्न वैठकले आगामी वैशाखमा चितवनमा हुने नेपाल मगर संघ केन्द्रिय समितिको ११ औं अधिवेशनमा दाङवाट प्रतिनिधी प्रर्यवेक्षक पठाउने निणर्य पनि गरेको छ ।
जिल्ला अध्यक्ष सितलाल पुन मगर, उपाध्यक्ष दिल कुमारी वुढा मगर, सचिव डिल्ली वहादुर घर्ति मगर, खलुप्रसाद पुन मगर लगाएतलाइ अधिवेशनमा पठाउने निर्णय भएको हो । साथै वैठकले नयाँ वर्ष २०७३ सालको अवसरमा शुभकामना आदानप्रदान गर्ने निर्णय गरेको छ ।।