Indrenionline.com

रोनाल्डो पुगे साउदी अरब

रियाद- क्रिस्टियानो रोनाल्डो साउदी आइपुगेका छन्। अल-नासर क्लबमा आवद्ध भएका उनी औपचारिक रुपमा आजदेखि समाहित हुँदैछन्। विश्व प्रसिद्ध फुटबलर रोसाउदी समय अनुसार राति ११ बजे परिवारसहित आइपुगेका थिए। अल-नासर क्लबले मंगलबार रोनाल्डोको लागि औपचारिक स्वागत समारोह राखेको छ।

नाल्डो सोमबार अबेर मड्रिडबाट रियादको किङ खालेद अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए।साउन समय अनुसार साँझ ७ बजे मार्सूल पार्कमा दुई घण्टाको स्वागत समारोह आयोजना गरिएको छ। जहाँ उनले सम्झौतामा हस्ताक्षर गर्नेछन् र प्रशंसक र मिडियालाई सम्बोधन गर्नेछन्।

रोनाल्डोले अल-नासरमा कहिले डेब्यु गर्ने भन्ने क्लबले अझै घोषणा गरेको छैन।अल-नासरले आफ्नो कदमलाई  ‘इतिहास बनाउन’ भनेको छ। यसले साउदी लिगलाई धेरै कोणबाट लाभ मिल्ने बताइएको छ। रोनाल्डो वार्षिक २०० मिलियन यूरो पारिश्रमिक पाउनेगरी तीन वर्षका लागि क्लबमा अनुबन्ध हुने भएका छन्।