Indrenionline.com

नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि औपचारिक रुपमा सञ्चालनमा आउँदै

??????????? ????? ????????? ??????????????? ?????????? ??????? ?????? ?????÷ ????

काठमाडौं, १७ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ । भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने छन् ।

उद्घाटन कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिएका छनु । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।

२०३२ सालमा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि २०७३ सालमा विमानस्थलको शिलान्यास गरेर २०७४ सालदेखि निर्माण सुरु भएको हो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर (करिब २२ अर्ब) ऋण उपलब्ध गराएको थियो ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको छ । जाहा बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज आउजाउ गर्न सक्ने र ती विमानको क्षमता एक सय ४० देखि एक सय ८० को हुनेछ । विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ ।