Indrenionline.com

क्रिकेटर ऋषभ पन्तको मर्सिडिजमा आगो लाग्दा गम्भीर घाइते

काठमाडौं : भारतीय राष्ट्रिय क्रिकेट टीमका सदस्य एवं स्टार खेलाडी सवारी दुर्घटनामा गम्भीर घाइते भएका छन्।  उत्तराखण्डबाट दिल्ली जाने क्रममा कार डिभाइडरमा ठोक्किएर आगो लाग्दा उनी घाइते भएका हुन्।

पन्त आफ्नो मर्सिडीज कार चलाउँदै थिए, जुन उत्तराखण्डको रुर्की नजिकै दुर्घटनामा परेको थियो। चिकित्सकका अनुसार पन्तको निधार र खुट्टामा चोट लागेको छ। अहिले ऋषभ पन्तको अवस्था स्थिर रहेकोले उनलाई रुर्कीबाट दिल्ली रिफर गरिएको सक्षम अस्पतालका अध्यक्ष डा सुशील नगरले बताए।