इन्द्रेणी संवाददाता
जाजरकोट, ३० चैत ।
जिल्ला प्राविधिक कार्यालय जाजकोटका प्रमुख ईन्जिनियर जयराम श्रेष्ठलाई विप्लव माओवादी कार्यकर्ताले कालो मोसो दलेका छन् । योजना निर्माण तथा कार्यालयका अन्य काममा भ्रष्टाचार गरेको आरोप लगाउँदै श्रेष्ठको कार्यकक्षमै पुगेर उनीहरुले कालो मोसो दलेका हुन् ।

चार÷पाँच जनाको समुहमा सेवाग्राही बनेर ईन्जिनियरको कार्यकक्षमा गएका माओवादी कार्यकर्ताले आइतबार दिउसो श्रेष्ठलाई कालो मोसो दलेको प्रहरीले जनाएको छ । उता निजामति कर्मचारीहरुका पेशागत संगठनहरुले संयुक्त विज्ञप्ती निकाल्दै माओवादीको उक्त क्रियाकलापको घोर भत्सर्णा गरेका छन् । नेपाल निजामति कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठठन र नेपाल निजामति कर्मचारी संगठनले संयुक्त विज्ञप्ती निकालेर माओवादी क्रियाकललापको कडा विरोध गरिएको छ ।।